२जेठ,२०७९।सर्लाही ।
यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो ।सर्लाहीको नेकपा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार राजाबाबु यादवले २ हजार ६ सय ९२ मत पाएका छन । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राहुल वर्मा १३२९ मत ल्याई दोस्रो स्थानमा रहेका छन। नेपाली कांग्रेसका हरिनन्दन यादवले १ हजार २ सय ८६ मतका पाएका छन ।
यसैगरी उपप्रमुखमा माओवादीकै गिता देवि साहले २ हजार ३ सय २८ , कांग्रेसका कोशिला साहले १ हजार ४ सय ६० नेकपा एमालेका निलम देवि यादवले ५२१ मत पाएका छन् । गाउँपालिकाको १, २ र ६,७ वडाको मतगणना सम्पन्न भएको छ ।

जसमा वडा नम्बर १ र २ मा माओवादी केन्द्रले पैनल सहित जित हात पारेका छन । यस्तै वडा न.७ मा नेपाली कांग्रेस पैनल र ६ मा अध्यक्ष सहित २ सदस्य जितेका छन ।
वडा नं १ मा ब्रहम देव चौधरी , वडा नं २ मा सदानन्द यादव र वडा नं ६ मा गुदर साह र ७ मा गौरी शंकर पण्डित बिजयी भएका छन । अहिले गाउँपालिकाको ३र ४ नं वडाको मतगणना भइरहेको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *