३ जेठ,२०७९/सर्लाही
रामनगर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राहुल वर्माले अनलाईन कान्तिपुरको माध्यमबाट गाउँपालिका बासीलाई सम्बोधन गरेका हुन्।
रामनगर गा.पा.का न्यायप्रेमी जनताले (राहुल बर्मा) मलाई दिनु भएको अमुल्य मतकोलागि हार्दिक आभार व्यक्त गर्दछु ।
हामी ले चुनाब हारे पनि मन हारेका छैनौँ ।
बैशाख ३० गते सम्पन्न स्थानीय चुनाबमा मलाई साथ दिने र नदिने सम्पुर्ण रामनगर गाउँपालिका बासीलाई म धन्यवाद दिन चाहन्छु। तपाईंहरु कै सहयोगले म स्वतन्त्र उम्मेदवार भएपनि राम्रो प्रतिस्पर्धामा रहेँ । तपाईंहरुको यति धेरै माया र सद्भाव को बाब्जुद गा.पा. अध्यक्ष पदमा म केही मतले पराजित भयेको छु ।म यस पराजयलाई आत्मसाथ गर्दै जित्ने उमेदवारहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु।।
रामनगर गा.पा.का सम्पूर्ण जनताको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्दै,नव निर्वाचित गा.पा. अध्यक्ष भाई राजा बाबू यादव तथा सम्पूर्ण जनप्रतिनिधिहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
-जय रामनगर-

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।