१३ जेष्ठ २०७९,रौतहट
दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डिके झाले दोस्रो पटक पदभार ग्रहण गरेका छ्न ।

पदभार ग्रहण गरेसँगै वडा अध्यक्ष झाले पहिलो कार्यकालमा आफुले घोषणा तथा शुभारम्भ गरेको “छोरी संरक्षण” कार्यक्रमलाई दोस्रो कार्यकालमा पनि निरन्तरता दिएका छन् ।छोरीको स्याहार सुसार गर्नको लागि, सामाजिक विभेद अन्त्यको लागि र छोरीको सम्मानको लागि यो कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष झाले बताए ।
दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा झाले आफ्नो पहिलो कार्यकालमा “छोरी संरक्षण” कार्यक्रममा रु. दुई हजारका दरले घोषणा गरेको आर्थिक सहयोग अब दोस्रो कार्यकाल २०७९ साउन महिना देखि वडामा जन्मिने प्रत्येक छोरीलाई ५ हजार आर्थिक सहयोग गर्ने बताएका छन् ।
वडा अध्यक्ष झाले भने “छोरी संरक्षण” कार्यक्रमबाट छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, तिनालाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्छ भन्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता भएको वडा अध्यक्ष झाको ठहर छ ।

वडा अध्यक्ष झा आफ्नो पहिलो कार्यकालमा २०७८ असोज १२ गते मंगलवारका दिन देखि “छोरी संरक्षण कार्यक्रमको सुरुवात गरेका थिए । दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मा जन्मिने सम्पुर्ण छोरीलाइ “छोरी संरक्षण कार्यक्रम” अन्तर्गत रु. २ हजार दिने वडा अध्यक्ष झाले घोषणा गरेका थिए भने सोही कार्यक्रमलाई निरन्तरता दिदौ अब आउदो २०७९ साउन देखि रु. ३ हजार थप गरि ५ हजार दिने घोषणा गरेका छन् ।

साथै वडा अध्यक्ष झाले दुर्गा भगवती गाउँपालिकाको गाउँसभाबाट “छोरी विमा कार्यक्रम” संचालन गराउने कुरा बताए ।

पदभार ग्रहण कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष झाले सबै वडावासी मतदाताहरुदाई धन्यवाद दिँदै आफुले वडाबाट गर्ने काममा कसैप्रति विभेद नगरी सबैलाई समान रुपमा सेवा प्रवाह गर्ने बताए । झाले वडाको विकासका लागि सबैको सल्लाह अनुसार सबैसंग हातेमालो गरि अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.