१३ जेठ २०७९
सर्लाही । रामनगर गाउँपालिकामा नव-निर्वाचित जनप्रतिनिधिहरुको “सपथ ग्रहण” कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका कार्यालयको प्राङ्गणमा नव-निर्वाचित जनप्रतिनिधिहरुको “सपथ ग्रहण” कार्यक्रम सप्पन्न भएको हो।
कार्यक्रममा बैशाख ३० को स्थानीय तह निर्वाचनमा रामनगर गाउँपालिकामा निर्वाचित भएका उपाध्यक्ष , वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई गाउँपालिका अध्यक्ष राजाबाबु यादवले पद तथा गोपनियताका सपथ खुवाएका छन।
नेकपा माओवादी केन्द्रबाट नव-निर्वाचित गाउँपालिका अध्यक्ष यादवले नव-निर्वाचित गाउँपालिकाका सबै जनप्रतिनिधिलाई पद तथा गोपनीयताको “शपथ ग्रहण” गराउँदै सबैले नगरबासीको हितलाई ध्यानमा राखी काम गर्न सल्लाह दिए ।
“शपथ ग्रहण”सँगै गाउँपालिका अध्यक्ष यादवले नगरको विकास र समृद्धिका लागि आफू निरन्तर प्रतिबद्ध रहने बताउँदै दिन र रात एक गरी काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा संविधान सभा सदस्य शिव पुजन राय यादव , त्यस्तै अतिथिको रुपमा बलरा नगरपालिकाका प्रमुख रमा शंकर कुश्वाहा, जनता दलका केन्द्रिय अध्यक्ष हरिशरण साह, माओवादी केन्द्रका केन्द्रिय सदस्य श्रीचन राय लगायतको उपस्तिथि रहेको थियो।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।