११ असार ,२०७९/रौतहट
रौतहट क्षेत्र नं-२ प्रदेश सभा (क) को बिधायक नागेद्र प्रसाद सिन्हा ले आफ्नो क्षेत्र भित्र संचालित तथा भैहीरहेकाे योजनाको अनुगमन गर्नुभयो तथा शिलान्यास गर्नुभयो ।
बिधायक नागेन्द्र प्रसाद सिन्हाको संसदीय कोषबाट ईशनाथ नगरपालिका वडा नं-८ मन्सरी गाउँको सडक शिलान्यास ईशनाथ नपाको नगर प्रमुख कौस्लया देवी द्वारा शिलान्यास कार्य सम्पन्न र ईशनाथ न.पा वडा नं-८ मोतिपुरको स्वास्थ चौकिको बावन्ढरी को कार्य सम्पन्न हुने बितिकै बिधायक सिन्हाले अनुगमन गरेका हुन र परोहा नपा वडा नं-९ मा बिधायक सिन्हाले आफ्नो संसदीय कोषबाट धर्मशाला निर्माण कार्य र कविस्तानको बावन्ढरी गेराउ कार्यको अनुगमन गरेका हुन ।
रौतहट क्षेत्र नं-२ प्रदेश सभा (क) मा तीन वटा , पालिका पर्छन जसमध्ये परोहा नपाको वडा नं-९ मात्रै पर्छन र राजपुर नं.पा ईशनाथ नं.पाको गाँउ पछडिएका ले बाटोघाटो, मोढरसा , स्वास्थ्य चौकी मठ मन्दिर दलित भवन लगायत अन्य क्षेत्रमा आफूले सुविधा सम्पन्न बनाउदै जाने बताउदै क्षेत्रभित्र आफूले पहल गरेर आउने समयमा विभिन्न योजनाहरू प्रदेश सरकार बाट ल्याउने तथा ईशनाथ नपा राजपुर नपा र परोहा नपाले नगरेको काम म आफ्नो बजेटबाट गर्नुभएकोछु हुन सक्ने विकास गर्न आफू सधै लागिरहने बिधायक सिन्हाले बताउनुभयोl ।।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।