भाद्र २४, २०७९/राजधानी
चितवन — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।’
गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो,’ प्रधानमन्त्री देउवाले भने। गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता-कार्यकर्ताहरू डरले थरर हुने गरेको उनले स्मरण गराए ।देउवाले भने, ‘सबैले ओली हटाउनुपर्छ भनेको हो नि ।
गठबन्धन गरेर नै हटाएर आज के भयो । पहिले केही थिएन । अहिले सरकार हाम्रो नेतृत्वमा छ । मुख्यमन्त्रीहरू पनि हाम्रा छन् । यहीँकै मान्छे मन्त्री बने । यो त भोलि पनि हुन्छ नि ।’

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *