२०७९ भाद्र २५, शनिबारमधेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले सरकारले छिट्टै संञ्चार ऐन ल्याउने बताएका छन ।

नेपाल पत्रकार महासंघ बारा शाखाले आयोजना गरेको १६ वटा स्थानीय तह बिच समद्धृ बिकासका लागि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार मन्त्री साहले पहिला नै सञ्चार ऐन आएपनि त्यसमा धेरै नै त्रुटी रहेको बताउदै सो ऐनलाई संसोधन गर्दै सदनमा निर्णायार्थ पेश गरेको हुँदा चाडै नै प्रमाणीकरण भई कार्यन्वयनमा आउने प्रष्ट पारे । मधेश सरकारले आम सञ्चार बोर्ड, मिडिया काउन्सिल र चलचित्र विकास बोर्ड गठन गरी मधेश प्रदेश भित्र रहेका मिडियाहरुलाई प्रर्वद्धन र सम्वद्र्धन गर्ने काममा अगाडि बढीरहेको बताए ।

मधेश प्रदेश भित्रका पत्रकारहरुका लागि बिमाको ब्यवस्था गरिएको सञ्चार मन्त्री साहले जनाए । संघ सरकारको कमजोरीका कारण मधेश सरकारले चाहेको जति काम गर्न नसकेको बताउँदै अधिकारबाट मधेश प्रदेश सरकारलाई बञ्चित गर्ने कामपनि संघ सरकारले गरिरहेको आरोप लगाए । प्रहरी भर्ना, कर्मचारी भर्ना लगायतका काम संघ सरकारले प्रभावित गर्ने गरेको हुँदा मधेश सरकारलाई समस्या सृजना हुने गरेको मन्त्री साहको भनाई रहेको थियो ।

अहिलेपनि प्रहरी प्रशासन मधेश सरकारको मातहतमा नहरेको उनले गुनासो गरे । मधेशको सम्रग बिकासका लागि फेरी पनि संघ सरकारको बिरोधमा एक पल्ट निर्णायक आन्दोलन गर्नुको बिकल्प नहरेको उनले बताए । मधेश प्रदेश भित्र रहेकाका सवै नागरिकले मुतिmको आन्दोलनमा होमिनु पर्ने धारणा मन्त्री साहले ब्यतm गरेका थिए ।

फरक प्रसंगमा मन्त्री साहले पित पत्रकारितालाई निरुत्साहित गदै सभ्य समाज निर्माण, समृद्धि र बिकासका लागि पनि सत्यतथ्य रुपमा कलम चलाउन सबै पत्रकारहरुलाई आग्रह गरे । महासंध बाराका अध्यक्ष रेशम तिबारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संविधान सभा सदस्य गोपाल ठाकुर, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, सिम्रौनगढ नगरपालिकाका

प्रमुख किशोरी साह, प्रसौनी गाँउपालिकाका अध्यक्ष रामक्षेत्री पटेल, प्रसौनीका अध्यक्ष बिनोद प्रसाद जयसवाल, बारागढीका अध्यक्ष अशोक प्रसाद साह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, महागढीमाई नगरपालिकाकी उपाअध्यक्ष तारादेवी कानु, नेकपा माओवादी केन्द्रका यूवा नेता मुकेश साह,

नेपाल पत्रकार महासंधका निवर्तमान प्रदेश सचिव गुरु प्रसाद गौतम, प्रेस युनियनका अध्यक्ष श्यामबाबु प्रसाद यादव, पत्रकार महासंधका उपाअध्यक्ष रामबाबु मेहता, सचिव अनिल कुमार गौरब, सदस्य पन्नालाल दास लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *