५ आश्विन २०७९

नेकपा (एमाले) ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।  पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।

विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी/गैरसरकारी निकायकाबीचमा समन्वयात्मक परिचालन, सिटामोललगायतका औषधिको सहज उपलब्धताको माग गरेका हुन्। लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न मेत उनले आग्रह गरे।

नेता भट्टराईले देशव्यापीरुपमा फैलिएको डेङ्गु रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएकोसमेत जनाएका छन्। पछिल्लो तथ्याङ्कअनुसार १७ हजार पाँच सय ९४ जना प्रभावित र २१ जनाको निधन भएको छ। डेङ्गु रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको उनको भनाइ रहेको छ।

उनले पार्टीका तहगत कमिटी तथा जनसङ्गठन र पार्टी सदस्यलाई समेत डेङ्गु रोग नियन्त्रणमा योगदान गर्न आह्वानसमेत गरेका छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *