५ आश्विन २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको टिप्पणी गरेका छन्।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपतिको यो निर्णय राजनीतिक रुपमा विवादमा परे पनि इतिहासले प्रशंसा गर्ने उल्लेख गरेका छन्।उनले ट्विटरमा लेखेका छन्-

‘राजनीतिक स्वार्थ परिपुर्तिका लागि संविधानरराष्ट्रहितलाई तिलांजलि दिने प्रयास असफल भएको छ।राजनीतिकरुपमा विवादमा पर्ला,तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय ईतिहासले प्रशंसा गर्नेछ।राजा बिरेन्द्रले समेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको विदितै छ।प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ।राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ।संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।’

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *