१८ कार्तिक,२०७९/रौतहट

रौतहट निर्वाचन क्षेत्र नं १ मा चुनावी सरगर्मी बढेको छ। क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार अजय गुप्तालाई आउँदो मंसिर ४ गते निर्वाचनमा सहयोग गर्ने फरवार्ड जातिका अगुवा व्यक्तिहरुले घोषणा गरेका हुन्।यस सम्बन्धमा आज फरवार्ड जातिका अगुवाहरुले भेला भएर यसपालीको संघीय तथा प्रादेशिक निर्वाचनमा एमाले उम्मेदवारहरुलाई समर्थन गर्नका लागि सर्वसहमतिले घोषणा गरेएका छन्।

दुई पटक रौतहट क्षेत्र नं १ बाट निर्वाचित भएर प्रधानमन्त्री समेत बनेका माधव कुमार नेपालले क्षेत्र नम्बर १ मा रहेको बहुसंख्यक फरवार्ड जातिको समर्थन पाएका थिए। निर्वाचन जिते लगत्तै क्षेत्र छोडेर काठमाडौं बस्ने र क्षेत्रमा कहिले पनि समस्या बुझ्न जरुरी नबुझ्ने उम्मेदवारलाई यसपाली फरवार्ड जातिले नसघाउने फरवार्ड जातिका नेताहरुले जनाएका छन्।

विकासको नाममा मात्र जनतालाई ठग्ने काम गरेको आरोप नेकपा एसको उम्मेदवार माधव कुमार नेपाल माथि बुद्धिजिवी परिषद्का नेता अनिल झाले लगाएका हुन्। फरवार्ड जातिको सहयोगलाई संगठित गर्न आयोजित भेलामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अजय कुमार गुप्ता, संविधान सभा सदस्य बबन सिंह, बुद्धिजिवी परिषद्का प्रदेश सचिव अनिल झा, एमालेका युवा नेता कमलेश मिश्र सहित धेरै संख्यामा फरवार्ड जातिका जनताहरू सहभागी भएका थिए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *