२ मंसिर २०७९/रौतहट
मंसिर ४गते हुन् लागेको संघीय तथा प्रादेशिक निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १(ख) प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार भएका राजेश चौधरीले हिजो आयोजना गरिएको कार्यक्रममा भोट माग्दै भने कि मेरो जनताले जुन विकासको कल्पना गरेका छन् त्यसलाई म निर्वाचित भएपछि पुरा गर्ने छु। विकासशिल बिचार धारालाई अनुसरण गर्दै क्षेत्रमा देखिएको वैधानीक भ्रष्टाचार र अवैधानीक भ्रष्टाचार निरमुल गर्ने छु । जनता संग बाचा अनुसार काम गर्छु । जनताको गुनासो र जनअपेक्षा अनुसार बिकास निर्माणको काम अगाडि बढाउने छु ।
सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाउने उनले बताए। आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ र कृषि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेको छ,आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको बताए। साथै आफ्नो चुनाव चिह्न जिप छापमा मतदान गर्नका लागि सम्पूर्ण मतदातासँग अनुरोध गरे।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।