१० पुस २०७९/रौतहट
आज पुस१० गते
एमालेको नेतृत्वमा रहेका गठबन्धनले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई बहुमतको आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति कार्यालयले सिफारिसको आधारमा प्रधानमन्त्री पदमा नियुक्त गरेको छ। नयाँ सरकार गठनको अवसरमा शुभकामना सहित गौर नगरपालिकाको बिपी चौकमा बुद्धिजिवी परिषद्का प्रदेश सचिव अनिल झाको अगुवाइमा मैनबती बाली दिवाली मनाइएको छ। शुभकामना व्यक्त गर्दै सचिव अनिल झाले हाल गठित सरकारमाले देशमा स्थिरता ल्याउने काम गर्ने छ साथै भ्रष्टाचार नियन्त्रण गर्नमा अहम भूमिका निर्वाह गर्छ। देउवा सरकारले देशमा परिवर्तन ल्याउन असफल रहेको समेत उनले बताए।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।