१९ फाल्गुन,२०७९/रौतहट

संजिब झा

रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ मुडवलवा निवासी तथा जनकपुर टुडे राष्ट्रिय पत्रिका गौर सम्बादाता प्रख्यात पत्रकार राकेश कुमार यादव माथि यहीँ फाल्गुन १६ गते मंगलबार राति ८:०० बजेको क्रममा गौर होस्पिटल प्रा.लि.का संचालकले अभद्र दुर्ववहार, गालीगलौज र हातपात गरेको बिषयले दुखित बनाएको छ ।

पत्रकार यादव माथि जुन प्रकारले अशब्द भाषाक‍ो प्रयोग गरि गालीगलौज, धाकधम्की, कुटपिट गर्ने कार्य गरिएको छ यसको जतिसुकै निन्दा गरेपनि थोरै हुनेछ यस्तो क्रियाकलाप गर्ने माथि कडाभन्दा-कडा कार्वाहीको माग गर्दछु ।

यस घटनाको यथार्थ छानबिन गरि सम्बन्धित निकायले पत्रकार माथि पटक-पटक गौर लगायत जिल्लामा भइरहेको घटना, कुटपिट, गालीगलौज, दुर्ववहार लगायतको क्रियाकलाप प्रति गम्भीर भई सत्यतथ्य बाहिर ल्याई पीडितलाई न्यायको अनुभुती दिनुपर्छ ।

प्रहरी र प्रशासनको मौनताले रौतहटमा सञ्चारकर्मीलाई समाचारको माध्यमबाट सत्य तथ्य सार्वजनिक गर्दा विभिन्न किसिमको दुर्व्यवहार झेल्नु पर्ने अवस्था छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *