सोनु कूमार महतो। रौतहट / ४ असार २०८२

महिला तथा बालिकाविरुद्ध हुने हिंसाका घटनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न निर्देशिका निर्माण प्रक्रिया अघि बढाउन उद्देश्य राखिएको प्रारम्भिक परामर्श कार्यक्रम आज राजदेवी नगरपालिकामा सम्पन्न भयो।

उक्त कार्यक्रम PANAV, FWLD र अभियान नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा, तथा राजदेवी नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रम नगरप्रमुख भिखारी प्रसाद यादवको अध्यक्षतामा तथा विभिन्न सरोकारवाला निकायहरू, राजदेवी नगरपालिकाको कर्मचारी र स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, तथा पीडित सहायता संलग्न निकायहरूबीच विस्तृत छलफल र सुझाव आदानप्रदान गरियो।

कार्यक्रमको उद्देश्य महिला तथा बालिका विरुद्ध हुने हिंसाका घटनाहरूको पहिचान, संरक्षण, न्यायिक प्रक्रिया र पुनःस्थापनामा एकीकृत दृष्टिकोण अपनाउँदै स्थानीयस्तरमै कार्यान्वयनयोग्य निर्देशिका तयार गर्नु रहेको छ।

नगरप्रमुख यादवले स्थानीय सरकार महिला र बालिका हिंसा विरुद्ध शून्य सहनशीलताको नीति लिई अघि बढिरहेको बताउँदै, यस्ता निर्देशिकाले नगरलाई संवेदनशील र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here