२६ साउन, काठमाडौं । तराईका जिल्लामा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । परिवार कल्याण महाशाखाका अनुसार संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए । यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू मधेस, कोशी र लुम्बिनी रहेका छन् ।

सन् १९७८ मा पहिलो पटक नेपालमा पुष्टि भएको जेई मुख्यतया तराई र भित्री मधेशमा बढी देखिन्छ । २०७३ साल साउनदेखि नियमित खोप कार्यक्रममा समावेश गरिएको यो रोगविरुद्ध १२ महिनामाथिका बालबालिकालाई खोप दिइँदै आएको छ ।

बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका बासिन्दा संक्रमित भएका छन् ।  संक्रमितमध्ये २० महिला र १३ पुरुष छन् ।मृतकमध्ये मोरङका १७ वर्षीय, खानीपोखरीका ४९ वर्षीय र नवलपरासीका ७४ वर्षीय पुरुष छन् । खोप शाखाका डा. अभियान गौतमका अनुसार यसपटक संक्रमण विशेषगरी खोप नलगाएका समुदायमा बढी देखिएको छ ।

केही समय अघि पूर्वका जिल्लामा देखिए पनि पछिल्लो चरणमा मधेस र कोशी प्रदेशसँगै लुम्बिनी प्रदेशमा फैलिएको छ । विभागका तथ्यांक अनुसार जेईको परीक्षण ६८६ जनाको गरिएको मध्ये ३३ जनालाई संक्रमण पुष्टि भएको हो ।

जसमध्ये मधेशमा १० , कोशीमा ९, लुम्बिनीमा ९, बागमतीमा ४, गण्डकीका १ जना संक्रमित भएका छन् । ‘तराई बेल्ट यसको लागि एकदम अनुकूल क्षेत्र हो , धान खेती हुने, वरिपरि सुँगुर वा हाँस पालन हुने ठाउँमा यसको जोखिम उच्च हुन्छ,’ डा. गौतमले भने ।

संक्रमणको जोखिम देखिएपछि स्वास्थ्य निकायले तीन महिना अघि नै अस्पतालहरूलाई ‘क्लिनिकल प्रोटोकल’ र उपचार निर्देशिका उपलब्ध गराएको उनले बताए ।

‘प्रमुख अस्पतालका चिकित्सकलाई ओरिएन्टेसन दिइएको र आइसियूमा पुगेका बिरामीको निरन्तर फलोअप भइरहेको छ,’ डा. गौतमले भने, संक्रमितलाई तत्काल सही उपचार दिई निको पार्न सकियोस् भन्ने लक्ष्यका साथ सक्रिय छौँ ।’सन् २०२३ मा नेपालमा १०७ वटा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी, २०२२ मा ६६, २०२१ मा २८, २०२० मा २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

सन् १९७८ मा पहिलो पटक नेपालमा पुष्टि भएको जेई मुख्यतया तराई र भित्री मधेशमा बढी देखिन्छ । २०७३ साल साउनदेखि नियमित खोप कार्यक्रममा समावेश गरिएको यो रोगविरुद्ध १२ महिनामाथिका बालबालिकालाई खोप दिइँदै आएको छ ।खोप शाखाका प्रमुख डा. गौतमका अनुसार सन् १९९९ मा पाँच जिल्लाबाट सुरु भएको खोप अभियान २००९ सम्ममा २० जिल्लामा विस्तार गरिएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एसियामा वार्षिक करिब एक लाख मानिस यस रोगबाट प्रभावित हुने गरेका छन् । विशेषगरी १५ वर्षमुनिका बालबालिकामा जेई बढी देखिने र मृत्युदर ३० प्रतिशतसम्म पुग्न सक्ने संगठनले जनाएको छ । जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो ।

यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ ।

माछा मार्ने, बागबानी, क्याम्पिङजस्ता काममा खटिने, सुँगुर पाल्ने स्थानमा काम गर्ने वा नजिकै बस्ने मानिसहरू थप सतर्क हुनुपर्ने डा. गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here