रौतहट — रौतहट जिल्लामा धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर दुइ जना किसानले ज्यान गुमाएका छन्। खेतमा काम गर्ने क्रममा करेन्ट लाग्दा दुवैको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

पहिलो घटना:कटहरीया नगरपालिका–२, जमुनिया निवासी ४२ वर्षीय मोक्तार देवान ! दोश्रो घटना:माधवनारायण नगरपालिका–४, विसुनपूर्वा मानपुर निवासी ४० वर्षीय रामबाबु मुखिया

दुवै घटना छुट्टाछुट्टै स्थानमा भए पनि एकै प्रकारको—सिँचाइका लागि मोटर जोड्ने क्रममा करेन्ट लागी ज्यान गएको हो।

विद्युत् सुरक्षाको लापरवाही तथा प्रविधिको असावधानीले किसानहरूको ज्यान जाने घटनाहरू बढ्दो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here