काठमाडाैं महानगर कार्यपालिकामा अन्यत्रभन्दा भिन्न शक्ति संरचना छ । नेपाली कांग्रेसको प्रस्ट बहुमत छ, उपमेयर सुनिता डंगोलसहित नेकपा एमाले बलियो उपस्थितिमा देखिन्छ । तर, महानगरको एक्ला हर्ताकर्ता छन्, स्वतन्त्र मेयर बालेन शाह । 

कार्यकालको तीन वर्षसम्म सामान्य देखिएको बालेन–सुनिता सम्बन्ध पछिल्लो समय भने चिसिएको छ । बालेनले प्रवेश रोकेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उपमेयर डंगोलसहित वडाध्यक्ष र कर्मचारीले काममा फर्काएपछि महानगरमा मेयर एक्लिएका छन् । कैयौँ दिन उनी कार्यालय नै गएनन् । झण्डै चार महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । यो पृष्ठभूमिमा एमालेको युथ सेलिब्रेसनमा उपमेयर डंगोलले गरेको भाषणपछि उनलाई बालेन समर्थकले निसाना बनाएका छन् ।

‘स्टन्ट गरेर देश बन्दैन, बन्छ ?,’ बालेनप्रति संकेत गर्दै डंगोलले भनेकी थिइन्, ‘अरुलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजनाअनुरुप काम गर्नुपर्छ, योजना बनाउनुपर्छ ।’ उनी त्यत्तिमा रोकिइनन् । राष्ट्रवादी भएकैले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण भएको टिप्पणीसमेत गरिन् । 

उनको मन्तव्य बालेनप्रति लक्षित थियो ? 

नीहरूबीच पछिल्लो मतभेद कार्यपालिका बैठक बस्ने वा नबस्ने भन्नेमा छ । मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हुँदासम्म बैठक नराख्ने मनस्थितिमा छन् । गत पुस ८ गते बसेयता कार्यपालिका बैठक बसेको छैन । बैठक नबस्दा एजेन्डाको चाङ लागेको छ । 

‘कसको कारण चार महिनादेखि बैठक बस्न सकेको छैन, हामीले भनिरहनु परेन,’ उनी भन्छिन्, ‘एजेन्डा नभए शुभकामना दिन भए पनि कार्यपालिका बैठक बस्नुपर्छ । तर, अहिले एजेन्डाको चाङ लागेको छ, यथासक्य छिटो बैठक बस्नुपर्छ भनेर मैले भनिरहेको छु ।’

‘होइन । त्यो कसैप्रति लक्षित थिएन,’ उनले शिलापत्रसँग भनिन्, ‘मैले त देशभरबाट आएका एमाले युवालाई स्टन्ट गरेर देश बन्दैन । नकारात्मकता र अरुलाई गाली गरेर बन्दैन भनेको हुँ ।’ तर, सामाजिक सञ्जाल बालेनको समर्थन र उपमेयर डंगोलको विरोधमा रंगिएको छ । प्रधानमन्त्री ओलीसँग जोडेर आपत्तिजनक टिप्पणीहरू भइरहेका छन् । 

सस्ता टिप्पणी र विरोधले आफू अलिकति पनि विचलित नभएको उनले बताएकी छिन् । ‘हेर्न नसकिने, पढ्न नसक्ने गालीगलौज भइरहेको छ । तर, म सही छु । त्यसैले अलिकति पनि विललित छैन । फेरि पनि भन्छु– स्टन्ट र गालीले देश बन्दैन,’ डंगोलले भनिन् । 

त्यसो भए बालेनसँग उनको सम्बन्ध कस्तो छ ? प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएपछि उनीहरूबीच तिक्त र चिसो सम्बन्ध रहेको टिकाटिप्पणीहरू भइरहेको छ । उपमेयर डंगोल भने बालेनसँग उस्तै सम्बन्ध रहेको बताउँछिन् । ‘सम्बन्ध हिजो जस्तो थियो, आज पनि त्यस्तै छ,’ उनले भनिन् । 

तर, मेयर र उपमेयरबीच भेट नभएकै धेरै भइसकेको छ । आफू अहिले मेयरलाई भेट्ने प्रयासमा रहेको उनले स्वीकारिन् । प्रमुख प्रशासकीय अधिकृतको लफडायता उनीहरूबीच कुनै संवाद छैन । युरोपबाट फर्किएपछि पनि भेट नभएको उनी स्वीकार्छिन् । डंगोल बेल्जियमबाट फर्किएकै एक साता बितिसकेको छ । ‘म भेटेर कुरा गर्ने प्रयासमा छु,’ उनले भनिन् । 

सम्भार रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here