जिल्ला मकवानपुर इन्द्रसरोवर गाउँपालिका ३ घाराखोल्सास्थित कुलेखानी दक्षिणकाली सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब ६: ३० बजे हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ५५९९ नम्बरको खाली पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा थाहा नगरपालिका ९ चित्लाङ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका १ चौकीटोल बस्ने ४५ वर्षीय मुकुन्द झ्यारी मगर गम्भीर घाइते भएको र उपचारका लागि पाटन अस्पताल, ललितपुर पठाइएकोमा बिहान करिब ८: ५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here