१३ चैत, काठमाडौं । सन् २०२२ मा डा. स्वर्णिम वाग्लेले दुइटा पुस्तक प्रकाशित गरे, एउटा आफैंले लेखेको ‘अतृप्त अवसर’ र अर्को सम्पादन गरेको ‘द ग्रेट अपहिभल’ (महान उथलपुथल) ।

पहिलो पुस्तक ‘द ग्रेट अपहिभल’ उनले संयुक्त राष्ट्रसंघकी सहायक महासचिव तथा यूएनडीपीकी एसिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी विग्नाराजासँग मिलेर सम्पादन गरेका हुन् ।पुस्तकमा एसिया प्रशान्त क्षेत्रले पछिल्लो एक पुस्तामा १ अर्ब मानिसलाई गरिबीबाट बाहिर निकाल्ने सफलता प्राप्त गरे पनि कोभिड र जलवायु संकटका धक्काले यी देशमा गहिरा संस्थागत कमजोरी उजागर गरेको विषयमा विस्तृत मूल्यांकन गरिएको छ ।

अर्को पुस्तक ‘अतृप्त अवसर’ वाग्लेका नेपाली भाषामा प्रकाशित लेख तथा अन्तर्वार्ताको सँगालो हो, जसमा नेपाली अर्थतन्त्रका समस्या र समाधानको विषयमा चर्चा गरिएको छ ।

संयोग पनि कस्तो, नेपालमा ठूलो राजनीतिक उथलपुथल (द ग्रेट अपहिभल) पछि बनेको निर्वाचित सरकारका अर्थमन्त्रीका रूपमा डा. वाग्लेले त्यो ‘अतृप्त अवसर’ लाई तृप्त बनाउने जिम्मेवारी पाएका छन् ।

नेपालको अर्थतन्त्रका लागि डा. वाग्ले र डा. वाग्लेका लागि नेपालको अर्थतन्त्र चिरपरिचित छन् । बूढानीलकण्ठ स्कुलबाट विद्यालय शिक्षा लिएर उनी उच्च शिक्षाका लागि बेलायत, अमेरिका र अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयमा पुगे, विश्व बैंकमा जागिर पनि खाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here