मिति २०८३/०३/२२ गते ।संदिप मिश्र सर्लाही
जिल्ला सर्लाही हरिपुर्वा न.पा.३ धनकौल निवासी सत्य नारायण साह तेलिले आफ्नै घरमा संचालन गरेको कपडा पसलमा अबैध रुपमा लत्ताकपडाहरु लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बलको टिमले बरामद गरेको छ। केही सञ्चारकर्मीले सर्लाही सशस्त्र प्रहरी विभागको कार्य सम्पादन माथि प्रश्नचिन्ह उठाइरहेका बेला सशस्त्र प्रहरी बलले ठूलो सफलता हात पारेको छ।















गुप्त सुचनाको आधारमा सशस्त्र.प्र.बल नेपाल सीमा सुरक्षा गुल्म का प्रहरी ना. उप. बिष्णु अधिकारीको कमाण्डमा 40 जना, सर्लाही भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट खटीएको संयुक्त टोलिले रु 97,19,630।–बराबरको बिभिन्न प्रकारको लत्ताकपडाहरु बरामद गरी आवश्यक कारबाहीको लागि मिति 2083/03/22 गते सर्लाही भन्सार कार्यालयमा बुझाइएको छ।।















