१९ माघ २०८२रौतहट /
रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार किरण कुमार साहले Onlinekantipur सँग सम्बादमा भने आफु आफ्नो प्रतिद्वन्द्वीसँग १० हजारको मतान्तरले विजय प्राप्त गर्ने छु। साहले जनताको सेवा नै सबैभन्दा बढी महत्त्वपूर्ण भूमिका खेल्छ र म सेवक मात्र हुँ भन्ने विचार राखेका थिए ।
गत निर्वाचनमा उनले नेपाली काँग्रेसका मोहम्मद फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका थिए । साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र गर्न सकेका थिए । रौतहट क्षेत्र नं.२ मा राजनीतिक सरगरमी बढेकोछ।
फाल्गुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको वातावरण मास्न विपक्षी दलको कार्यकर्ताहरु लागि परेको जानकारी नेकपा उम्मेदवार साहले दिए।















