७ फागुन २०८२/संदिप मिश्र सर्लाही ।

हिजो मिति २०८२।११।०६ गते अं. २०;२० बजेको समयमा जि.सर्लाही ईश्वपरपुर न.पा. ८ खल्टे बजार स्थित बयलबास देखि रामपुर तर्फ जादै रगेको BR 30 S 1326 नं. को Plantina मो.सा. ले बिपरीत दिशाबाट आउदै गेको ना ३८ प १५८३ नं. को डिस्कभर मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ दुर्घटना भइ निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भएको भन्ने खबर इ.प्र.का.केशरगंजमा जानकारी प्राप्त हुन साथ इ.प्र.का. केशरगंजबाट प्र.स.नि. संतोष साहको कमाण्डमा प्रहरी टोली खटी गई उपचारको लागि बयलबास तर्फ पठाएको उक्त दुबै मो.सा. इ.प्र.का. केशरगंजमा ल्याइ राखिएकको उक्त स्थान इ.प्र.का. केशरगंजबाट अं. २ कि मि पश्चिम पर्ने, अन्य बि बि पछि(०)
निम्नः- BR 30 S 1326 नं. को मो.सा. चालक देश भारत जि. सितामढी सोनर्वसा बस्ने लक्षमी महतोको छोरा अं. बर्ष ६१ को पासपत महतोको दाहिने खुट्टा बायँ हातमा चोट बयलबास स्थित सिद्धिबिनायक मेडिकलमा उपचार भइरहेको अवस्था मध्यम उपचारमा निजको आफन्त(9827808535) संलग्न रहेको ।
ना.३८ प १५८३ नं. को मो.सा.चालक जि.सर्लाही ईश्वरपुर न.पा. ८ मनहर्वा बस्ने रामकिसन सिहको छोरा अं. बर्ष १८ को रुपेश कुमार सिहको दाहिने खुट्टामा चोट बयलबास स्थित अमृत हेल्थकेयरमा उपचार भइरहेको अवस्था मध्यम रहेको उपचारमा निजको आफन्त संलग्न रहेको ।
सोही मो.सा. मा पछाडि सवार जि. महोत्तरी गौशाला न.पा. बस्ने राजकिशोर सिहको छोरा अं. बर्ष १७ को आयुस सिंहको बायाँ खुट्टामा चोट बयलबास स्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको अवस्था समान्य रहेको उपचारमा निजको आफ्न्त संलग्न रहेको ।इ.प्र.का.केशरगंज,सर्लाहीले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here