2083।02।24 गते /संदिप मिश्र सर्लाही
15.50 बजेको समयमा जिल्ला सर्लाही मलगंवा न.पा. -10 मा ऐ.बस्ने पप्पु रायको घरमा कोठा भाडामा बस्ने ब्यक्तिले कोठामा अबैध सामान राखेको छ भन्ने बिशेष सुचनाको आधारमा सीमा सुरक्षा गुल्म हे.क्वा. मलगंवाबाट सप्रनाउ बिष्णु अधिकारीको कमाण्डमा खटीएको 11 जना र नं. १० गण सर्लाहीबाट सप्रनानि चुनचुन कुमार सिंहको कमाण्डमा 11 जना र सर्लाही भन्सार कार्यालय मलंगवाबाट ना.सु. शसि बि.क.को 6 जनाको संयुक्त टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरी उक्त कोठाबाट अबैध रुपमा भन्सार छलिका अन्दाजि मुल्य रु.1,00,807।–(एक लाख आठ सय सात) बराबरको ईलेक्ट्रोनिक सामान,गाडीको पार्टस र सुर्ति बरामद गरी भन्सार कार्यालयमा ल्याई भन्सार बुझाउने प्रकृयामा रहेको ।










