मिति २०८३।०३।०७ गते

जिल्ला सर्लाही गोडैता न.पा. १२ लक्ष्मी चोक स्थितमा बरहथवा मधुवनी सडक खण्डमा पैदल यात्री ऐ. मधुवनीगाउँ बस्ने अं. वर्ष ३३ को राधेश्याम महतो सडकको छेउमा घाइते भई लडिरहेको अवस्थामा रहेको भन्ने खबर ऐ. २०;३० बजेको समयमा प्र.चौ. मधुवनीगाउँ सर्लाहीमा जानकारी प्राप्त हुनसाथ तालुक इ.प्र.का गडहियाबाट प्र.नि. कैलाश चौधरीको कमाण्डमा ७ जना र प्र.चौ मधुवनीगाउँ सर्लाही बाट प्र.स.नि. सुनिल सिंहको कमाण्डमा ३ जनाको संयुक्त टोली खटी गई घटना स्थलको प्रकुती हेर्दा निज लाई सवारी साधनले ठक्कर दिएको जस्तो देखिने, के-कुन सवारी साधनले ठक्कर दिएको भन्ने यकिन नभएको, घाइतेको शरिरको बिभिन्न भागमा चोट, उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाही पठाईएकोमा ऐ. २१;१५ बजेको समयमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, उक्त लास सोही अस्पतालमा राखिएको, थप अनुसन्धान कार्य भईरहेको, उक्त स्थान प्र.चौ मधुवनिगाउँ सर्लाही बाट अं. १.५ कि.मि उत्तर पर्ने, बि.बि. पछी ।
थप टिपोटः-मिति २०८३।०३।०८ गते १४;३० बजेको समयमा लाश पो.मा. पश्चात मृतकको काका तेज नारायण महतोले बुझि लगेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here