६ फागुन २०८२रौतहट

रौतहट क्षेत्र नं २ ईशनाथ नगरपालिका वार्ड नं २ औरैया, मा जेनजी जिल्ला अध्यक्ष हाल जनमत पार्टी बाट पहिलो यूवा सांसद उम्मेदवार ई.सोनु कुशवाहा
को आगमनले जनतामा नयाँ आशा
बर्षौँदेखि विभिन्न राजनीतिक पार्टीका नेताहरूको गलत नीति, बेवास्ता र स्वार्थी व्यवहारका कारण पिडित हुँदै आएका जनता आज आशाको किरण देख्न थालेका छन्। यही आशाको केन्द्र बनेर राजनीतिमा प्रवेश गरेका छन् यूवा, शिक्षित र कर्मठ नेता ई. सोनु कुशवाहा।

पुराना नेताहरूले चुनावको समयमा मात्रै जनता सम्झने, जितेपछि जनताको दुःख–पीडाबाट टाढा रहने प्रवृत्तिले जनता निराश थिए। विकासका नाममा भाषण धेरै भए, काम कम भयो। शिक्षा, स्वास्थ्य, रोजगारी, सिचाइँ र आधारभूत सेवामा जनताले अपेक्षित परिवर्तन देख्न पाएनन्।

यही निराशाको बीचमा ई. सोनु कुशवाहाको आगमनले जनतामा नयाँ उत्साह र भरोसा जन्माएको छ। युवा जोश, प्राविधिक ज्ञान र इमानदार सोच बोकेका कुशवाहा जनताको बीचमै रहेर समस्या बुझ्ने, समाधान खोज्ने र काम गरेर देखाउने नेताका रूपमा चिनिन थालेका छन्।

जनता अब पुराना अनुहार होइन, नयाँ सोच र नयाँ नेतृत्व चाहन्छन्। “नेता होइन, सेवक चाहियो” भन्ने जनताको भावना कुशवाहाको नेतृत्वमा प्रतिबिम्बित देखिन्छ। त्यसैले आज वर्षौँदेखि शोषणमा परेका जनता हर्षित छन् र परिवर्तन सम्भव छ भन्ने विश्वास गर्दै अगाडि बढिरहेका छन्।

ई. सोनु कुशवाहाको आगमन केवल एक उम्मेदवारको प्रवेश होइन, यो पिडित जनताको आवाज, आशा र भविष्यप्रतिको भरोसाको सुरुवात हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here