चन्दन कुमार महतो। ५ गते रौतहट
रौतहटको गरुडा नगरपालिकाको १५औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन आज भव्य तथा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।
नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा सबै वडा अध्यक्ष, नगरसभा सदस्य तथा जनप्रतिनिधिहरूको पूर्ण बहुमत र सक्रिय सहभागिता रहेको थियो।
नगरसभामार्फत गरुडा नगरपालिकाले चालु आर्थिक वर्षका लागि ८५ करोड ३७ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको नगर प्रमुख जयसवालले जानकारी दिए।
प्रस्तुत बजेट शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, सडक निर्माण, सामाजिक सुरक्षा तथा नगरवासीलाई प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर विनियोजन गरिएको जनाइएको छ।
नगर प्रमुख जयसवालले प्रस्तुत बजेटले गरुडा नगरपालिकाको समग्र विकास, सुशासनको प्रवर्द्धन तथा नगरवासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, बजेट कार्यान्वयनमा सबै जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीको सहयोग आवश्यक रहने उनले बताए।









