१९ फागुन, रौतहट ।

रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा शंकास्पद वस्तु फेला परेको छ ।

आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ ।अहिले नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको छ । नारायण दल गणबाट खटिएको सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको जाँच तथा निस्क्रिय पार्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here