२५ माघ २०८२ सर्लाही
फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अहिले देशैभरि चुनावी माहोल सृजना भएको छ ।सबै उम्मेदवार आफ्नो मतदातालाई रिझाउन लागी परेका हुन् ।यसै गरी अनलाईन कान्तिपुरसँग संवादमा सर्लाही निर्वाचन क्षेत्र नं .४ का युवा एमाले उम्मेदवार अमनिस कुमार यादवले अब जनाताई झुक्याउने काम नगर्न यहाँबाट पहिला निर्वाचित पूर्व सांसदलाई चेतावनी समेत दिएका हुन् ।
उम्मेदवार अमनिस यादवले भन्छन् : सर्लाही क्षेत्र नं .४ जनता सोझा भएका कारण आज नेपाली कांग्रेसले क्षेत्रभन्दा बाहिरको उम्मेदवारलाई चुनावमा उतारेका छन्। आज यो क्षेत्रमा शिक्षा ,स्वास्थ्य तथा भौतिक पूर्वाधारका कामहरु हुन सकेको छैन ।जनता पिडामा छन् तर नेताहरु काठमाडौंमा मौज गरिएका छन्। म आफ्नो उम्मेदवारी केवल जनताको हकहित र भलाईको लागि मात्र दिएको छु।
नि.वर्तमान सांसद अमरेश सिंहले यहा निर्वाचनमा भयत्रासको माहोल मात्र सृजना गर्छ तर यसपालि जनताहरु सचेत छन् र परिवर्तनलाई स्विकार्छन् ।















