२३ माघ, काठमाडौँ । उत्तर-पूर्वी भारतको मेघालय राज्यस्थित ‘इस्ट जयन्तिया हिल्स’ मा बिहीबार एउटा अवैध कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ।प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको ‘डायनामाइट’ का कारण विस्फोट भएको हो, जसले गर्दा विषाक्त ग्यास फैलिनुका साथै सुरुङहरू भत्किएका छन्।

अहिलेसम्म १८ वटा शव निकालिएको छ भने ८ जना घाइते भएका छन्। खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने स्थानीयको आशंका छ।प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु सहयोग दिने घोषणा गरेका छन्।यस्तै मेघालय सरकारले मृतकका परिवारलाई थप ३ लाख भारु दिने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here