चैत्र २९,२०८१/सोनु कुमार महतो
रौतहटको गरुडामा नेकपा (एकीकृत समाजवादी) को नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ। अधिवेशनमा पार्टीको आगामी रणनीति, जिल्लामा पार्टी संगठनको विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। अधिवेशनले पार्टीलाई जिल्लामा थप सुदृढ बनाउने विश्वास गरिएको छ।
अधिवेशनमा नेकपा एस कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले २०८४को निर्वाचनमा हाम्रो भूमिका महत्वपूर्ण रहने समेत दाबी गरेका छन्।यस अधिवेशनमा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुले पार्टीको सकारात्मक सोच र समानताको बिचारधाराले सबैको हितमा काम गर्छ भन्ने प्रतिवद्धता व्यक्त गरे।















