२५ माघ २०८२/काठमाडौँ

मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज नेपाली क्रिकेटको गौरवशाली इतिहासको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ। तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि यो खेल केवल एउटा प्रतिस्पर्धा मात्र नभई विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थिति प्रमाणित गर्ने ऐतिहासिक अवसर पनि हो।

यो महत्त्वपूर्ण घडीमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टोलीलाई विशेष शुभकामना सन्देश दिँदै हौसला बढाएकी छन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले आज वानखेडेको मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति दिने विश्वास व्यक्त गरेकी छन्। 

विश्वभर छरिएका नेपाली प्रशंसकको साथ र विगतका सफलताको ऊर्जा बोकेर मैदानमा उत्रिन लागेको नेपाली टोलीलाई उनले ‘विजयी भवः’ भन्दै सफलताको शुभकामना दिएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here