सोनु कुमार महतो / रौतहट/२०८२/२/१०

गौर नगरपालिका–१ स्थित श्री राम जानकी धर्मशालामा प्रत्येक शनिबार रामजानकी स्वयंसेवक समूहको संयोजनमा नियमित भण्डाराको आयोजना हुँदै आएको छ।

धार्मिक तथा सामाजिक भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित यस सेवामूलक कार्यमा स्थानीय भक्तजनहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ। आयोजक समूहका अनुसार अब सर्वसाधारणले आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठ वा अन्य विशेष अवसरहरूलाई धर्मिक र सेवामूलक कार्यमार्फत अर्थपूर्ण बनाउँदै धर्मशालामा भण्डारा आयोजना गरेर मनाउन सक्नेछन्।

“धार्मिक र सामाजिक कार्यमा सहभागी भई आफ्नो खुसी बाँड्न चाहने सम्पूर्ण श्रद्धालुहरूलाई हामीले खुलेर स्वागत गरेका छौँ,” आयोजक समूहले जनाएको छ।

भण्डारा आयोजना गर्न चाहने इच्छुक व्यक्तिहरूले रामजानकी स्वयंसेवकसँग सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here