२० फागुन, काठमाडौं । भोलि (बिहीबार) हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।

निर्वाचन गराउन ७७ वटा जिल्लाका मतदानस्थलहरूमा सुरक्षाकर्मीहरू पुगेर गस्ती, पेट्रोलिङ गरिरहेका छन् । नेपाली सेनादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरीहरू देशभरका मतदान स्थलहरूमा पुगिसकेका छन् I

एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ अनुसार अहिले सुरक्षाकर्मीहरू खटिएर ड्यूटी गरिरहेका छन् । यही कार्ययोजना अनुसार नेपाली सेनाले अहिले काम गरिरहेको छ ।तोकिएकै मिति २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन होला/नहोला भन्ने दुविधा र आशंकाहरू गर्नेहरूको संख्या पनि बाक्लो थियो । यसरी आशंका गर्ने र निर्वाचन बिथोल्न खोज्ने समूहलाई पराजित गर्दै सरकारले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरेको छ ।

सुरक्षाकर्मीदेखि, स्रोत साधन सबै कोणबाट पूरापुर तयारी भइसकेकाले बिना त्रास शान्तिपूर्ण वातावरणमा मतदान गर्न अवस्था बनेको छ । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओम प्रकाश अर्यालले यसपालीको निर्वाचन पहिला भन्दा सुदृढ तरिकाले स्वच्छ, निश्पक्ष र धाँधलीरहित तरिकाले सम्मपन्न हुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here