२० जेठ, काभ्रेपलाञ्चोक । एक महिनादेखि हराएका सशस्त्रका असई युवतीसहित झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
एउटै रुखमा सँगै झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको छ । मृत भेटिनेहरूमा पर्साको बहुदरमाई–८ रामनगरी घर भएका शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ कि २६ वर्षीया शर्मिला चौधरी छन् ।जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार, राम सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटर पाँचखालमा दरबन्दी भएका असई हुन् ।
उनीहरूको शव पाँचखाल नगरपालिका–३ मा रहेको ठुली सामुदायिक वनमा मौवाको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । सलको पासो लगाई भुण्डिएको अवस्थामा उनीहरूको सडेको शव प्रहरीले फेला पारेको छ । जसकारण घटना केही दिन अघिकै रहेको आशंका गरिएको छ ।
शव सडेर टाउको झुण्डिएको र शरीरको भाग चुँडिएर जमिनमा खसेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।उनीहरू हराएको खबरपछि खोजतलासकै क्रममा बुधबार बिहान साढे १० बजे पाँचखाल–३ मा रहेको ठूली सामुदायिक वनमा मौवाको रुखमा सलको पासो लगाई भुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।















