२१ फाल्गुन २०८२रौतहट

रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा १० वटा मतदान केन्द्रमा धाँधली भएको आरोप लगाउँदै शेख_सगिरले पुनः मतदान गराउन माग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सगिरले मतदाताको मत अधिकारमाथि गम्भीर प्रश्न उठेको भन्दै निष्पक्ष छानबिन र ती केन्द्रहरूमा पुनः मतदान गराउनुपर्ने बताएका छन्।

यसै विषयमा दबाब दिन सगिर आफ्ना समर्थक र स्थानीय जनतासँगै निर्वाचन आयोग नेपाल अन्तर्गतको रौतहट क्षेत्र नम्बर २ लौकाहा निर्वाचन कार्यालय अगाडि बसेर विरोध जनाइरहेका छन्।

उनले भने, “मतदान प्रक्रियामा अनियमितता भएको गम्भीर गुनासो आएकोले सत्यतथ्य छानबिन गरी आवश्यक परे पुनः मतदान गराउनुपर्छ।”
उता समर्थकहरू पनि निष्पक्ष चुनावको माग गर्दै निर्वाचन कार्यालय अगाडि भेला भएका छन्।
स्थानीय स्तरमा यस घटनाले रौतहट–२ को राजनीतिक माहोल झनै तातिएको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here