१८ फाल्गुन २०८२रौतहट
फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अहिले देशैभरि चुनावी माहोल सृजना भएको छ ।सबै उम्मेदवार आफ्नो मतदातालाई रिझाउन लागी परेका हुन् ।यसै गरी अनलाईन कान्तिपुरसँग संवादमा रौतहट निर्वाचन क्षेत्र नं .२ का युवा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामअशिष राय यादवले अब जनाताई झुक्याउने काम नगर्न यहाँबाट पहिला निर्वाचित पूर्व सांसदलाई चेतावनी समेत दिएका हुन् ।
उम्मेदवार रामअशिष राय यादवले भन्छन् : रौतहट निर्वाचन क्षेत्र नं .२ का जनता सोझा भएका कारण आजसम्म यो क्षेत्रमा शिक्षा ,स्वास्थ्य तथा भौतिक पूर्वाधारका कामहरु हुन सकेको छैन ।जनता पिडामा छन् तर नेताहरु काठमाडौंमा मौज गरिएका छन्। म आफ्नो उम्मेदवारी केवल जनताको हकहित र भलाईको लागि मात्र दिएको छु।
नि.वर्तमान सांसद यहा निर्वाचनमा भयत्रासको माहोल मात्र सृजना गर्छ तर यसपालि जनताहरु सचेत छन् र परिवर्तनलाई स्विकार्छन् ।















