संदिप मिश्र ,सर्लाही
गत चैत २५ गते .सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका ५ स्थित हरिपुर्वा नगरपालिका वडा नं.३ मा धनकौल का स्थानिय युवाहरुले कालोपत्र बाटो र नालाको बिकास नभएको भनि नगरपालिकाको कार्यलयमा तलाबन्दी गरिएका थिए ।आज करिब ३५ जनाको संख्यामा युवाहरु हरिपुर्वा न.पा.को कार्यालयको गेट बाहिर एक्कासी आई बार्ताको लागी सुनुवाई नभएको भनी टायर बाली, उक्त टायर सम्झाई बुझाई गरी निभाउने क्रममा एक्कासी न.पा.को कार्यालय नजिक न.पा.का मेयर बिनोद कुमार साह,न.पा.को अन्य कर्मचारी र प्रहरी टोली समेतलाई लुकाई छिपाई ल्याएको मोबिलको झोला फाली मानिसहरु फरार भएको छ।
मोबिलको छिट्टाहरु मेयर,कर्मचारी र प्रहरी टोली समेतलाई लागेको, इ.प्र.का.केशरगंजबाट प्र.नि. नितेश कुमार सिंह,तालुक जि.प्र.का.सर्लाही बाट प्र.नि.रुपेश अधिकारीको कमाण्डमा समेत गरी ४० जनाको प्रहरी टोली खटि गई फरार मानिसहरुको खोजतलास कार्य भईरहेको प्रहरीलेजनाएको छ ।















