२६ फाल्गुन २०८२ सर्लाही
सर्लाही निर्वाचन क्षेत्र नं.४ : मा समानुपातिकतर्फ रास्वपालाई ४५ हजारभन्दा बढी मत प्राप्त भएको छ ।प्रत्यक्षमा रास्वपा उम्मेदवार डा. अमरेश कुमार सिंहभन्दा करिब १० हजार बढी मत समानुपातिकमा खसेको छ। देशभरिनै रास्वपाले प्रत्यक्ष एवं समानुपातिकमा सबैभन्दा बढी बहुमत प्राप्त गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नं. ४ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य मत प्राप्त गरेको छ।
रास्वपाले यहाँ समानुपातिकतर्फ ४५ हजार ५१६ मत पाएको छ। यो मत संख्या सोही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद डा. अमरेशकुमार सिंह ले प्राप्त गरेको मतभन्दा करिब १० हजार बढी हो।
प्रत्यक्ष निर्वाचनमा डा. सिंहले ३५ हजार ६८८ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।















