२८ चैत्र,२०८१ काठमाडौँ । स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । यसका लागि तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले उक्त दिन आचरण विपरीतको कार्यमा उत्रने पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राख्न पनि माग गरेका छन् । स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here