सोनु कुमार महतो | रौतहट |२०८२/२/१२

गौर नगरपालिका–३ स्थित श्री आधारभूत विद्यालय, विद्यापती नगरमा नयॅा भवन निर्माणको लागी शिलान्यास गरिएको छ। सो भवनको शिलान्यास गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले गरेका हुन्।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख साहले गौर नगरपालिकाका हरेक वडामा विकास निर्माणका कार्यहरू द्रुत गतिमा अघि बढिरहेको बताएका छन्। उनले शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेर विद्यालय भवन निर्माण सुरु गरिएको जानकारी दिए।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here