२९ चैत,२०८१ । काठमाडौं स्थित तीनकुनेमा गत चैत्र १५ गते राजावादीहरुले गरेको जनविद्रोहका मुख्य नाइके दुर्गा प्रसाईले नेपाल प्रहरी समक्ष आत्मसमर्पण गरेको छ। विहिबार साँझको समयमा प्रसाइले भारतको आसाम राज्यको प्रहरीलाई आत्मसमर्पण गरेका थिए । आसाम प्रहरीले प्रसाईलाई कडा सुरक्षाको साथ नेपाल प्रहरीलाई बुझाएको थियो । काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न १२ दिनको लागि दुर्गा प्रसाईलाई प्रहरी हिरासतमा पठाएको छ।

मिडिया रिपोर्टका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालको एकल इजलासले राजावादी नाइके प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले मागेको समय अनुसार अनुमति दिएको हो ।

प्रसाईं सँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि  १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको मिडिया रिपोर्टमा जनाइएको छ । प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि समय माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दियो ।

प्रसाईलाई भारतबाट नेपाल प्रहरीको विशेष व्यूरोको टोलीले पक्राउ गरी आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here