रौतहट, असार २२ | परोहा नगरपालिका वडा नं ८ का बासिन्दा सत्यनारायण सिंह राजपुतले वडा नं. ७ का नरेश पटेल उर्फ पटवारीद्वारा करिब एक बिघा खेतमा छरिएको धानको बीउ नष्ट गरिएको आरोप लगाएका छन्।

राजपुतका अनुसार उनीहरूबीच पहिले देखिको व्यक्तिगत दुश्मनी र पार्टीगत विवादकै कारण पटेलले रिसिइवी साँधेर धानको बीउ नष्ट गरेका हुन्। मिरा–७१ पोवाइजन जातको धान बीउ छरेको उक्त खेतमा पटेलले जानीजानी क्षति पुर्याएको राजपुतले आरोप लगाएका छन्।

राजपुतले घटनाको कडा निन्दा गर्दै सम्बन्धित निकायसँग दोषीमाथि कानुनी कारबाही र आफूले पाएको क्षतिको न्यायिक भरपाईको माग गरेका छन्।

उक्त विषयमा हालसम्म नरेश पटेलको प्रतिक्रिया प्राप्त हुन सकेको छैन। यता स्थानीयवासीहरूले पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here