चन्दन कुमार महतो | रौतहट, असार २१ — प्रादेशिक अस्पताल गौरले आर्थिक वर्ष २०८१/८२ मा ‘न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन’ अन्तर्गत मधेश प्रदेशभरिका सम्पूर्ण अस्पतालहरूलाई पछि पार्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको छ। यो ऐतिहासिक सफलताका लागि योगदान पुर्‍याउने अस्पतालका कर्मचारी तथा पदाधिकारीहरूलाई विशेष समारोहका बीच सम्मानित गरिएको छ।

समारोहमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मो. अनवर हाशमीले अस्पतालका पदाधिकारी, चिकित्सक, नर्स, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूको निरन्तर मेहनत, सेवा भावना र समर्पणकै कारण यस्तो उपलब्धि सम्भव भएको बताएका थिए।

त्यसैगरी, मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले अस्पतालको सफलताले आगामी दिनहरूमा झनै जिम्मेवार र गुणस्तरीय सेवा दिन प्रेरणा प्रदान गरेको बताउँदै, जनविश्वास कायम राख्न अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्मानित कर्मचारीहरूले आफूहरूले पाएको सम्मानलाई सेवा क्षेत्रमा थप लगनशीलता, कर्तव्यनिष्ठा र समर्पणको प्रतीकका रूपमा लिएको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here