सोनु कुमार महतो | रौतहट जिल्लाको सदरमुकाम गौरमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा मोनास्टिक इंटरनेशनल एकेडमी गौरको विद्यालय परिसरमा विशेष कृष्णाष्टमी झाँकी कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा अभिभावक, शिक्षक, पत्रकार लगायतको उपस्थिति थियो। विद्यालयका प्रधानाध्यापक अजित कुशवाहाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक अमनले गरेका थिए।

विद्यार्थीहरूले राधा–कृष्णको बाल–लीला र विभिन्न प्रसंगहरूलाई झल्काउने आकर्षक झाँकी प्रस्तुत गरेका थिए। रंगीचंगी पोशाक, नृत्य, भजन तथा अभिनयमार्फत भगवान् श्रीकृष्ण र राधाको जीवनका प्रेरणादायी घटनाहरूलाई जीवन्त रूपमा उतार्दा उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरू मन्त्रमुग्ध भएका थिए।

विद्यालयका सञ्चालकहरूको भनाइ अनुसार, यस कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, सांस्कृतिक चेतना र धार्मिक मूल्यप्रति समर्पणलाई अझ बलियो बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here