जेठ १५,२०८२/काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आज जनमत संग्रह सम्पन्न भएको बताएका छन् । राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाको माग सहित सुरु भएको आन्दोलनको पहिलो दिन नै एउटा जनमत संग्रह भएको उनले बताएका हुन् ।अध्यक्ष लिङ्देनले गणतन्त्रको पक्षमा नेकपा एमालेले आजै भृकुटीमण्डपमा निकालेको प्रदर्शनसँग आफ्नो प्रदर्शनलाई तुलना गर्दै जनमत संग्रहको उदाहरण दिएका हुन् ।
राप्रपा लगायतका शक्तिहरु एकठाउँ उभिएर गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्ने भनेर घोषणा गरेपछि उहाँले (प्रधानमन्त्री केपी शर्मा ओली) पनि गणतन्त्र पक्षधरहरु पनि सडकमा आऊ भन्नुभयो’ लिङदेनले एमाले जनप्रदर्शनप्रति खिसीट्यूरी गर्दै भने, ‘देशभरबाट जसरी कार्यकर्तालाई आह्वान गर्यौ (हामीले), उहाँहरुले आह्वान गर्नुभयो । राज्य शक्ति प्रयोग गरेर ल्याएको गणतन्त्र पक्षका अघिकोे प्रदर्शन देखिहालियो नि हैन त ?लिङदेनले आन्दोलनको पहिलो दिनकै उपस्थितिले जनता राजतन्त्रको पक्षमा रहेको पुष्टि भएको बताए । ‘आज एउटा जनमत संग्रह सम्पन्न भएको छ । जनता राजतन्त्रको पक्षमा छन्, यो प्रमाणित भएको छ’, उनले















