सोनु कुमार महतो | रौतहट |२०८२/२/१६
मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम “महिला कृषि स्वयंसेविका परिचालन” अन्तर्गत प्रदेशभरका सबै वडाहरूमा महिला कृषि स्वयंसेविका छनोट गर्ने प्रक्रिया अगाडि बढाएको छ। उक्त कार्यक्रमअन्तर्गत योग्यता पुगेका इच्छुक महिलाहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र,जिल्ला स्थित छनोट समितिको सचिवालयमा आवश्यक कागजातहरू सहित दरखास्त पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ।
🔍 न्यूनतम योग्यता:
- १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली महिला नागरिक
- मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा SEE वा सो सरह उत्तीर्ण
- कुनै सार्वजनिक सेवाको पदमा कार्यरत नरहेको
- स्थानीय तहको वडामा स्थायी बसोबास प्रमाणित हुने
📎 पेश गर्नुपर्ने कागजातहरू:
- दरखास्त फारम (२०७८ को नमूना अनुसार)
- नागरिकताको प्रतिलिपि
- शैक्षिक योग्यताको प्रमाणपत्र
- अनुभव प्रमाणपत्र (यदि भएमा)
- सम्बन्धित विषयको तालिम प्रमाणपत्र (प्रमाणित)
- स्थायी ठेगानाको सिफारिस पत्र
- सार्वजनिक पदमा नरहेको घोषणा
🌐 थप जानकारीको लागि:
👉 मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ:
🔗 https://molmac.madhesh.gov.np











