सोनु कुमार महतो / गौर, रौतहट – गौर नगरपालिका वडा नं. ८ स्थित पुरेनवामा निर्माण सम्पन्न भएको सामुदायिक भवन (धर्मशाला)को बुधवार एक विशेष समारोहका बीच गौर नगरपालिकाका मेयर शम्भु साहले विधिवत रूपमा उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै मेयर साहले उक्त धर्मशालाको निर्माणले स्थानीय समुदायलाई सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न थप सहज हुने बताए। “यो सामुदायिक भवन हाम्रो साझा सम्पत्ति हो,” उनले भने, “यसको उचित संरक्षण र उपयोगमा सबैको सहकार्य आवश्यक छ।”
कार्यक्रममा वडा अध्यक्ष, स्थानिय समाजसेवी, महिला समूह, युवा तथा वरिष्ठ नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले सामुदायिक भवनले स्थानियको जीवनस्तर सुधार र सामाजिक एकता प्रवर्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।









