सोनु कुमार महतो -/ रौतहट, २०८२ बैशाख १७ – जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी उपरीक्षक दिलिप घिमिरेज्यूको काठमाण्डौं सरुवा हुनु भएको अवसरमा आज एक औपचारिक “बिदाई तथा फेरी भेटौंला कार्यक्रम” सम्पन्न भएको छ।

मिति २०८० साल चैत २५ गते यस कार्यालयमा हाजिर भई १३ महिना सफल कार्यकाल पूरा गर्नु भएका घिमिरेज्यूलाई नेपाल प्रहरी प्रधान कार्यालय, सूचना विश्लेषण शाखा, नक्साल काठमाण्डौंमा कार्यरत हुने गरी पठाइएको हो।

उक्त अवसरमा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायज्यूद्वारा घिमिरेज्यूलाई फूलमाला तथा मायाको चिनो प्रदान गरिँदै भावनात्मक बिदाई गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका सिनियर प्रहरी अधिकृतहरू, मातहत कार्यालयका प्रमुखहरू, जु.प्र.अ., प्र.ह. तथा प्र.ज.हरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here