सोनु कुमार महतो/रौतहट –नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रौतहट जिल्ला कमिटीले जिल्लाको बहुआयामिक विकासका लागि १९ बुँन्दे ज्ञापनपत्र प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयरौतहट गौर मार्फत बुझाएको छ।

ज्ञापन–पत्रमा कृषिमा अनुदान, उखु किसानको भुक्तानी, श्रीराम सुगर मिल सञ्चालन, शिक्षा र स्वास्थ्यको सुधार, पर्यटन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, तथा प्रमुख पूर्वाधार निर्माणका मागहरू समेटिएका छन्। रौतहट जिल्लाको पछाडिपनप्रति चिन्ता व्यक्त गर्दै, केन्द्र सरकारले अपेक्षित जिम्मेवारी निर्वाह नगरेको आरोप पनि पत्रमा उल्लेख छ।

रौतहट जिल्लाका १९ बुँदे समस्याहरु

१. बीउ, सिचाई, मल बिजुली आदिमा अनुदान, सस्तो कृषि ऋण, सवैलाई प्राविधिक सेवा, प्रभावकारी विमा, सवै बाली बस्तुको मूल्य निर्धारण र उत्पादीत बाली बस्तुको विक्रीको ग्यारेन्टी ।

२. मल, विऊ, पानी, ऋण, बीमा, भण्डारण, प्राविधिक सेवा, कृषि औजार जस्ता सबै क्षेत्रको व्यवस्थापनको जिम्मा स्थानीय तहको नेतृत्वमा कृषि तथा कृषि सम्बद्ध सहकारी, समूहलाई दिने 1

३. रौतहटको चीनि मिल सुचारु गर्ने र उखु किसानको रकम भुक्तानी गर्ने ।

४. जिल्लालाई औद्योगिकीकरण गर्न उपयुक्त मुल्यमा जमीन, सस्तो विद्युत न्यूनतम कर र सहज प्रशासनिक प्रक्रियाको व्यवस्था ।

५. हाल बन्द अवस्थामा रहेको श्रीराम सुगर मिल संचालन गरी किसानको रकम भुक्तानी गर्दै अन्य कृषिजन्य उद्योग स्थापनाका लागि पहल गर्नु पर्ने ।

६. जिल्लाको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाएर नीजि र सार्वजनिक शिक्षाको भिन्नता अन्त्य गर्नु पर्ने ।

७. सबै बालवालिकालाई विद्यालयको पहुचको जिम्मेवारी स्थानीय पालिकाले लिने व्यवस्था गर्ने ।

८. आधारभूत तह पछि विद्यार्थीको रुची र क्षमता अनुसार अध्ययनको व्यवस्था गर्नु पर्ने ।

९. आपतकालिन सेवा, विषपान, सडक दुर्घटनाको व्यवस्थापन गर्न आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा व्यवस्था गर्ने ।

१०. अहिलेको स्वास्थ्य बीमालाई गुणस्तरीय स्वास्थ्य सेवामा पुर्याउनु पर्ने ।

११. रौतहट जिल्लामा रहेका पर्यटकीय स्थलमा रोजगारी श्रृजना हुने गरी पर्यटन क्षेत्रको संरक्षण तथा सौन्दर्याकरण जस्ता पर्यटन पूर्वाधारको निर्माण गर्ने ।

१२. मिटर व्याजी, कालो बजारी, जातीय विभेद र भ्रष्टाचार, छुवाछुतको विरुद्ध प्रभावकारी कदम अगाडि बढाउनु पर्ने ।

१३. जनताले पाउने सेवा सुविधा तोकिएको समयमा पाउनु पर्ने व्यवस्थाको सुनिश्चितता गर्ने ।

१४ विगत १४ वर्षदेखि रौतहट सर्लाही जोड्‌ने हुलाकी सडक अन्तर्गतको अवरुद्ध रहेको बडहर्वा पुल अविलम्ब सुचारु गर्ने ।

१५ रौतहटको सदरमुकाम जोड्ने लालबकैया नदिमा निर्माणाधीन रहेको पुल यथासिघ निर्माण गर्ने ।

१६कछुवा गतिमा निर्माण भई रहेको गौर-पिपरा-समनपुर वाटो तत्काल निर्माण गर्नु पर्ने ।

१७ बागमति र लालबकैया नदिमा बाँध मरम्मत गर्नु पर्ने ।

१८ वागमति र लालबकैया नदिको वेड लेवल माथि आएकोले तत्काल माटो खनी लेवल मेन्टेन गर्नु पर्ने ।

१९.बागमति र लालबकैया नदि क्षेत्रमा रहेको आफनै जग्गाबाट जनताले आफनो घरजग्गामा काम गर्ने प्रयोजनको लागि ल्याउने माटोमा यसै वर्षदेखि लगाईएको विभिन्न कर खारेज गर्नु पर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here