सोनु कुमार महतो । रौतहट , २०८२ बैशाख – जनकपुरधाममा आयोजना हुने मेयर कप क्रिकेट प्रतियोगिता २०८२ का लागि रौतहट जिल्ला क्रिकेट संघले टिम घोषणा गरेको छ। रौतहटबाट चयन गरिएको टिममा युवा र अनुभवी खेलाडीहरूको समायोजन गरिएको छ।घोषित टिमको कप्तानी सिन साहले गर्ने छन्।
घोषित टिमको नामावली:
1. सिन साह (कप्तान)
2. राजेश यादव
3. डब्ल मलिक
4. रेयाज आलम
5. शैलेन्द्र कुशवाहा
6. रोहित सोनाल
7. अरिबन्द चौधरी
8. नितेश यादव
9. अरविन्द बैठा
10. मोहन घिमिरे
11. रणिवर यादव
12. सिमत यादव
13. राहुल यादव
14. रेहान जाकिर
15. इस्तयाक आलम
रौतहटको टिमले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। खेलाडीहरूको प्रशिक्षण र तयारी तीव्र गतिमा भइरहेको छ।जनकपुर मेयर कप क्षेत्रमा निकै प्रतिष्ठित प्रतियोगिता मानिन्छ र यसपटक विभिन्न जिल्लाबाट प्रतिस्पर्धी टिमहरूको सहभागिता रहनेछ।
टिम व्यवस्थापनमा देवराज कार्की टिम म्यानेजर र सुषान्त थापा टिम कोचको रूपमा रहनेछन्।










